
इटहरी : धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट तरुण दलका कार्यकर्ता रोशन तामाङको मृत्यु भएको छ ।
इटहरीबाट मोटरसाइकलमा विराटनगर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आइरहेको ट्रकले किचेको थियो।
प्रहरीले ट्रक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। रासस