PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

आइजिपी विवाद मुद्दा कामु प्रधानन्यायाधीश पराजुलीको इजलासमा



पहिलोपोस्ट

आइजिपी विवाद मुद्दा कामु प्रधानन्यायाधीश पराजुलीको इजलासमा

काठमाडौँ: नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति प्रकरणको मुद्दामा आज पुनः सर्वोच्चमा सुनुवाइ हुँदैछ।

जेठ १८ गते न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको बृहद पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा आज कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली स्वयंमले नेतृत्व गरेका छन्। सामान्यतया हेर्दाहेर्दैको मुद्दा अर्को इजलासमा नसार्ने र स्थगित नगर्ने मान्यता भए पनि बेञ्च सारिएको हो। असार १ गतेको पेसी पनि स्थगित भएको थियो।

यसअघि बेञ्चको नेतृत्व गरेका न्यायाधीश जबरालाई भने आज संयुक्त इजलास तोकिएको छ। असार १ गते आइजिपी बढुवा विवादसम्वन्धी मुद्दा आज पनि स्थगित भएको थियो। सर्वोच्चको साप्ताहिक पेसी सूचीमा प्रकाशित मुद्दा दैनिक पेसीमा स्थगित गरिएको थियो।

यसअघि जबराले नेतृत्व गरेको इजलासमा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सदस्य थिए। पौडेलले भने अवकाश पाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell