PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

लागूऔषधसहित वीरगञ्जमा भारतीय युवक पक्राउ



पहिलोपोस्ट

लागूऔषधसहित वीरगञ्जमा भारतीय युवक पक्राउ

वीरगञ्जः प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोक नजिकबाट भारत मोतिहारीका सफिक हुसेनलाई एक सय ३५ थान लागूऔषधसहित पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्ज आउँदै गर्दा चेकजाँचको क्रममा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो। हुसैनले शरीरमा बाँधेर लागूऔषध ल्याएको फेला परेको थियो।

उनको साथबाट प्रहरीले फेनारगन ४५ थान, डाईजेल्याब ४५ थान र नुर्फिन ४५ थान बरामद गरेको प्रहरीले जनाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell