PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

फैसला उल्टाउँदै उच्च अदालतद्वारा शिक्षकलाई बलात्कारी ठहर 



पहिलोपोस्ट

फैसला उल्टाउँदै उच्च अदालतद्वारा शिक्षकलाई बलात्कारी ठहर 

कास्कीः जिल्ला अदालत कास्कीले  १५ महिना अगाडि सफाई दिएको एक करणी मुद्धा उच्च अदालत पोखराले उल्टाईदिएको छ। 

करणी मुद्दाका आरोपीलाई उच्च अदालतले ९ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। 

उच्च अदालतका न्यायाधीशद्वय बालचन्द्र शर्मा र अच्युत विष्टको इजलासले फैसला उल्टाउँदै कैद र जरिवानाको फैसला गरेको हो।

उक्त मुद्धामा पीडितकातर्फबाट ल्याक कास्कीका संयोजक अधिवक्ता शोभादेवी पौडेल, सहसंयोजक दुर्गा भण्डारी र उच्च अदालतका न्यायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए। 

अभियुक्तकातर्फबाट नारायण शर्माले बहस गरेका थिए। ट्यूशन पढाउने बहानामा शान्ति मावि जुम्लेटी अर्मलाका शिक्षक लक्ष्मण खवासले ८ कक्षामा अध्ययनरत विद्यार्थीलाई करणी गरेको आरोपमा उनीविरुद्ध मुद्धा दायर भएको थियो। 

कास्की जिल्ला अदालतका न्यायाधीश नरिश्वर भण्डारीको ईजलासले २०७२ चैत २२ मा खवासलाई सफाई दिएको थियो। अदातलले जबरजस्ती करणी गरेको प्रमाण नपुगेको भन्दै खवाासलाई सफाई दिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell