
काठमाडौं: गायक उत्तम मगरको पहिलो गीत सार्वजनिक भएको छ। भिडियो सहित युट्युबमार्फत रिलिज गीत ‘जीवन भरी’मा टिभी कार्यक्रम प्रस्तोता रोशन लामा र अभिनेत्री सम्पदा बानियाँ फिचरिङमा रहेका छन्।
पारिवारिक प्रेम कथा प्रस्तुत गर्न खोजिएको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक पोखरेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवकको रोजगारीकै क्रममा निधन भएपछि स्वदेशमा रहेका परिवारको विचल्लिलाई कारुणीक शैलीमा प्रस्तुत गरेका छन्।
गीतमा रवि लामाले शब्द र चित्र तामाङले संगीत दिएका हुन्। बलराम समालको संगीत संयोजक रहेका छन्। टेकेन्द्र शाहद्वारा सम्पादित उक्त म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायांकन गरेका हुन्।
हेर्नुस् भिडियो: