PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नयाँ र पुराना मुद्रा अङ्कित टिकट प्रदर्शनी हुने



रासस

काठमाडौँ : नेपाल फिलाटेलिक सोसाइटीले बैंक नोटको विगतदेखि वर्तमानसम्मको परिचय दिने उद्देश्यले मुलुकमा हालसम्म प्रचलनमा ल्याइएका मुद्रा तथा कागजी नोट र हुलाक टिकट सङ्कलन गरेको छ। 

सोसाइटीको स्वर्णजयन्तीका उपलक्ष्यमा असार २३ देखि २६ गतेसम्म नेपाल कला परिषद्मा ती सङ्कलनको ‘हुलाक वस्तुमा नेपाली मुद्रा तथा नेपाली नोटको संयुक्त प्रदर्शनी’ गरिनेभएको छ।

करिब सात दशकअगाडिदेखि प्रकाशनमा ल्याइएका नेपाली सिक्का तथा कागजी मुद्रा अङ्कित टिकट उक्त प्रदर्शनीमा प्रस्तुत गरिने सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले जानकारी दिए। 

विसं २०२३ देखि सो संस्थाले प्रत्येक दुई/दुई वर्षमा प्रदर्शनी गर्दै आएको छ। हुलाक टिकटमा अङ्कित सिक्का तथा मुद्रासम्बन्धी हुने प्रदर्शनी तेस्रो पटक गर्न लागेको आयोजकले जनाएका छन्। 

अन्तर्राष्ट्रिय तहमासमेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउँदै आएको सो संस्थाले मुलुकमा रहेका नोट सङ्कलक सङ्घसंस्थाका प्रतिनिधि तथा विज्ञसँग सर्वसाधारण सहभागीको अन्तरक्रिया पनि गराइनेछ। 

विशेषगरी हुलाक टिकट तथा प्राचीन मुद्रा सङ्कलनका क्षेत्रमा क्रियाशील सोसाइटीले समाजसेवाका विभिन्न कार्यक्रम गर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell