
काठमाडौं: नेपाली म्युजिक भिडियो अवार्ड २०७३ को मनोनयन सार्वजनिक भएको छ। आयोजक संगिक्षा फिल्मसले काठमाडौंमा कार्यक्रम आयोजना गरी अवार्ड मनोनयन र अन्य जानकारी सार्वजनिक गरेको हो। पहिलोपटक दुबईमा आयोजना भएको अवार्डको यो दोस्रो संस्करण हो।
दुबईमा रहेको नमस्ते ट्राभल्ससँगकझ संयुक्त प्रस्तुती रहने अवार्ड यो पटक पनि दुबईमा हुने भएको छ। आयोजक संस्थाले उत्कृष्ट ५ को नाम सार्वजनिक गर्दै १७ विधामा अवार्ड वितरण गर्ने जानकारी दियो। अवार्डमा गीततर्फ उत्कृष्ट स्वर महिला/ पुरुष, पप गीततर्फ उत्कृष्ट स्वर महिला/ पुरुष, उत्कृष्ट शब्द, उत्कृष्ट संगीत, उत्कृत्ट संयोजक, उत्कृष्ट रेकर्डिस्ट, उत्कृष्ट लोक दोहोरी गरी ९ विधामा अवार्ड वितरण गरिने भएको हो। त्यस्तै गीती भिडियोतर्फ उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट भिडियो छायाँकार, उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो अभिनेत, उत्कृष्ट भिडियो अभिनेत्री, उत्कृष्ट कोरियोग्रफर, इमर्जिङ ट्यालेन्ट गरी ८ विधामा अवार्ड दिने बताइयो।
अवार्डमा ‘लाइफ टाइम कन्ट्रिब्यूसन सम्मान' गीतकार डाक्टर भोला रिजाललाई प्रदान गरिने बताइयो। त्यस्तै ‘स्पेशल कन्ट्रिब्यूसन’को रुपमा विशेष श्रेष्ठलाई सम्मानित गरिने कार्यक्रममा जानकारी दिइयो। र ‘म्यूजिक भिडियो ट्रेन्ड सेटर’ अवार्ड गीत ‘साइली’लाई प्रदान गरिने बताइयो।
कार्यक्रम आउँदो सेप्टेम्बरमा आयोजना हुने बताइए पनि मिति तय भएको छैन।