PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

चिनियाँ राष्ट्रपति र जर्मन चान्सलरबीच सामुहिक लगानीका विषयमा कुराकानी



रासस

चिनियाँ राष्ट्रपति र जर्मन चान्सलरबीच सामुहिक लगानीका विषयमा कुराकानी
फोटो श्रोतःtheanswer.com

बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा भेटवार्ता भएको छ। 

भेटमा उनीहरुबीच चीन–जर्मन आपसी हितका विभिन्न पक्षमा कुराकानी भएको जनाइएको छ । 

त्यसैगरी, आगामी दिनमा यी दुई देशबीचका साझा चासोका विषयमा के कसरी अगाडि बढ्ने तथा सामुहिक लगानी र अन्य आर्थिक विकासका मुद्धामा कसरी सहकार्य गर्ने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ। 

सन् २०१४ मा चिनियाँ राष्ट्रपति सिले गरेको भ्रमणका समयमा पनि यी दुई देशकनबीचमा बृहत रणनैतिक साझेदारी विकासका बारेमा कुराकानी भएको थियो। 

उनीहरुबीच द्विपक्षीय आपसी साझेदारी, पारस्पारिक राजनीतिक विश्वास एवम् द्विपक्षीय संयुक्त संयन्त्रको विकासजस्ता विषयमा आगामी दिनमा सक्रिय सहभागिताका साथ अघि बढ्ने विषयमा पनि छलफल भएको थियो। 

चीनसँग जर्मनीको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् अन्य विभिन्न विषयमा सहयोग र समन्वय रहने विचार भेटका क्रममा चान्सलर मार्केलले राखेकी थिइन्। 

चिनियाँ राष्ट्रपति सिले युरोपेली युनियनसँग सहकार्य र समन्वय गर्न के कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा पनि जर्मन चान्स्लर मार्केलसँग प्रस्ताव गरेका थिए। 

जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि चिनियाँ राष्ट्रपति बिहीबार बर्लिन पुगेका हुन्। 

सम्मेनलनमा सहभागिताका लागि विश्वका नेताहरु जर्मनी पुग्ने क्रम सुरु भएको छ। उनीहरुका बीचमा आपसी हित र चासोका बारेमा ‘साइडलाइन’ बैठकहरु हुदैछन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell