PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

नहकुल सुवेदी बने सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रार



पहिलोपोस्ट

नहकुल सुवेदी बने सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रार

काठमाडौं : मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ। गएको ११ गते न्यायसेवा आयोगले गरेको सिफारिस अनुमोदन गर्दै मन्त्रिपरिषद् बैठकले सुवेदीलाई मुख्य रजिष्ट्रार नियुक्त गरेको हो। 

न्याय परिषद्मा् सचिव रहेका सुवेदी मुख्यसचिव सरहको मर्यादा रहेको पदमा बढुवा भएका हुन्। गतवर्ष देखि सृजना गरिएको मुख्य रजिष्ट्रार पदमा नियुक्त हुने सुवेदी पहिलो व्यक्ति हुन्। 

एक वर्ष अघि न्याय सेवा ऐन संशोधन गरेर मुख्य रजिष्ट्रार पद सृजना गरिए पनि विभिन्न कारणले नियुक्ति हुन सकेको थिएन। तत्कालीन रजिष्ट्रार श्रीकान्त पौडेल मुख्य रजिष्ट्रारमा सिफारिस भए पनि नियुक्तिअघि नै उच्च अदालतको न्यायाधीश भएपछि अन्तिम समयमा नियुक्ति रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell