PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

रक्सौल गोलीकाण्डका एक अरोपी पक्राउ



राधेश्याम पटेल

रक्सौल गोलीकाण्डका एक अरोपी पक्राउ

वीरगञ्जः वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलको कैम्ब्रिज पब्लिक स्कूलमा सोमवार भएको गोलीकाण्डका आरोपी मध्ये रक्सौल प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा रक्सौल नागा रोडका कोचिङ्ग सञ्चालक बिटु सिंह भन्ने गौरव सुमन छन्। रक्सौल थानाका डिएसपी राकेश कुमारले पक्राउ परेका गौरवलाई आवश्यक कारवाहीकन लागि मोतिहारी जेल पठाइएको बताए।  

घटनामा गौरवले सुराकीको काम गरेको अनुसन्धानले देखाएको प्रहरीले बताएको छ।  गौरवले रक्सौलस्थित जिडिएस स्कूलका प्रबन्धक बिजुली सिंहको आदेशमा घटना घटाएको प्रहरीसमक्ष बयान दिएका डिएसपी राकेश कुमारले बताए। 

भारतीय प्रहरीका अनुसार व्यावसायिक प्रतिस्पर्धाका कारण विद्यालयमा घटना घटेको हो। घटनामा संलग्न  जिडीएसका सञ्चालक सिंहलगायत अन्यको पहिचान भइसकेको र उनीहरू हाल फरार रहेका प्रहरीले जनाएको छ।

फरार अभियुक्तहरु नेपाल प्रवेश गरि लुकेर बसेको स्रोतको दावी छ। घटना विवरण अनुसार बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध गोली चलाउँदा तीनजना गम्भीर घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको  छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell