PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

यसरी पक्राउ परे एक महिनामा नागढुङ्गाबाट २६ लागूऔषध कारोबारी



रासस

यसरी पक्राउ परे एक महिनामा नागढुङ्गाबाट २६ लागूऔषध कारोबारी

काठमाडौँ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ। 

प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो। 

यस्तै, प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दीका सोनु कापरलाई पक्राउ गरेको छ। कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ। 

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिए। 

प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप दुई जनालाई कलङ्कीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका सविन लामा र प्रभुराम आलेमगर छन्। 

प्रभागका प्रमुख घर्तीमगरले पक्राउ गरिएका अभियुक्तको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell