PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

भारतीय टेलिश्रृङ्खला जहाँ महिला घरबाट बाहिर निस्कदैनन्



पहिलोपोस्ट

भारतीय टेलिश्रृङ्खला जहाँ महिला घरबाट बाहिर निस्कदैनन्

भारतिय टेलिश्रृङ्खलाको प्रभाव नेपाली समाजमा पनि प्रशस्त परेको छ। विशेष गरी बालबालिका र महिलाहरु भारतिय सिरियल रुचाउँछन्। घरेलु ड्रामा र प्रेम वा कमेडी विषय बढी उठाएको पाइन्छ। बलिउड फिल्मको त उपयुक्त सेन्सर हुन्छ तर साताभर प्रस्तुत हुने यी श्रृङ्खलाहरुमा भने कैंची लगाएको पाईंदैन। जसका कारण दर्शकसामु सही गलत सबै कन्टेन्ट फ्लो भइरहेको छ।

सोनी टिभीबाट प्रशारण हुन लागेको सिरियल 'पहरेदार पिया की'को प्रोमो प्रशारण भइरहेको छ। जसको एउटा दृश्यमा १८ वर्षिय युवतीको सिउँदोमा १० वर्षिय बालकले सिन्दुर भर्छन्। प्रोमोले बाल विवाहको मुद्दा प्रस्ट पार्छ। यसअघि बाल विवह सम्बन्धी सिरियल 'बालिका बधु' प्रशारण हुन्थ्यो।

भारतमा टिभी श्रृङ्खलाको इतिहास १९८० देखिको लामो भएको बिबिसी हिन्दीमा उल्लेख गरिएको छ। जसका अनुसार सन् १९८० र १९९० दशकका सिरियल र अहिले प्रशारण हुने सिरियलमा धेरै फरक छ। टिभी सिरियलको बदलिदो अवस्था बारे टेलिश्रृङ्खला अभिनेत्री मन्दिरा बेदी भन्छिन्,'अहिले सिरियलमा देखाइने घटना र अवस्थाले महिलालाई पछाडी धकेलेको छ। मलाई अब सिरियल नै गर्नु छैन। यसभित्र 'किचेन पोलिटिक्स हुन्छ'।'



उनले अहिले प्रशारण हुने सिरियल बारे टिप्पणी गर्दै महिला पात्रहरुलाई घरबाट बाहिर ननिस्केको आरोप लगाइन्। उनी धारावाहिक 'शान्ति'मा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। जसमा उनी बोल्ड पत्रकारको भूमिकामा देखिएकी थिइन्। उक्त भूमिका सम्झदै उनी सुनाउँछिन्,'त्यस समय सिरियल र पात्रहरुको उदेश्य महिलालाई प्रेरणा दिनु हुन्थ्यो। अहिले त्यस्तो हुँदैन। महिला पात्रहरु घरबाट बाहिर नै निस्कदैनन्।' उनले आफूलाई केही समय यता सिरियल 'जस्सी जैसी कोही नही' मन परेको समेत बताइन्।

नब्बेको दशकमा महिलालाई बलियो पात्रको रुपमा देखाएको सिरियल हो 'इम्तिहान'। उक्त सिरियलमा रेणुका शाहले निभाएको भूमिकाको पात्रले बुबाको मृत्युपछि अरुले हक जमाएको सम्पती आफ्नो नाममा गर्छे। उ समाजको प्रवाह नगरी देवरको बारेमा आफ्नो भावना खुलेर राख्छे। रेणुका भन्छिन्,'त्यस समय थोरै मान्छेसँग टिभी हुन्थ्यो र सिमित समुहको लागि सिरियल बन्थ्यो। पछि सबैसँग टिभी हुन थाल्यो। र च्यानल बढ्यो र सुरु भयो टिआरपिको खेल।' क्वान्टिटीमा ध्यान दिंदा कन्टेन्ट क्वालिटी घटेको उनको तर्क छ।



उनी पात्रहरुलाई बदल्ने र फरक ढङ्गमा प्रस्तुत गर्ने शैली मनपर्दैन। महिलालाई कमजोर देखाउने महिला निर्देशकहरुसँग अझ उनलाई चित्त नै बुझ्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell