PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

साझा यातायात अब साँगासम्म संचालन हुने



रासस

साझा यातायात अब साँगासम्म संचालन हुने

भक्तपुर : जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ।

सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो। 

भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ। साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ। 

साँगासम्म सञ्चालन हुने बस सेवाको पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell