PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गर्ने, को को छन् समूहमा?



पहिलोपोस्ट

नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गर्ने, को को छन् समूहमा?

काठमाडौं : नेपालले इतिहासमै पहिलो पटक इन्टरनेशनल फुटसल टुर्नामेन्ट खेल्ने भएको छ। सन् २०१८ मा हुने एसियन फुटसल च्याम्पियनसिपका लागि नेपालले छनोट चरण खेल्ने भएको हो।

नेपालले आगामी अक्टोबर १३ देखि २२ सम्म हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट खेल्नेछ। आयोजकको टुङ्गो भने अझै लागिसकेको छैन।

साउथ एण्ड सेन्ट्रन जोन अन्तर्गत ग्रुप ए मा रहेको नेपालले छनोटमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमिनेस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०१६ मा उज्वेकिस्तानमा भएको एएफसी पुटबल च्याम्पियनसिपको आधारमा वरीयता तय गरी कूल २२ राष्ट्रलाई ६ समूहमा विभाजन गरेर बिहिबार ड्र सार्वजनिक गरिएको हो।

ड्र अनुसार साउथ एण्ड सेन्ट्रल जोनको ग्रुप बी मा साविक विजेता इरान, ताजिकिस्तान र अफगानिस्तान छन्।

यसैगरी इस्ट जोनको समूह ए मा जापान, चाइनिज ताइपेइ, मकाउ र मंगोलिया तथा समूह बी मा चीन, दक्षिण कोरिया र हङकङ छन्।

यस्तै वेस्ट जोनको ग्रुप ए मा इराक, साउदी अरेविया, युएई र बहराइन भने ग्रुप बी मा कतार, लेवनान, जोर्डन र सिरिया छन्।

प्रत्येक ग्रुपबाट विनर रनरअफ सन् २०१८ मा हुने फेब्रुअरी ६ देखि १८ सम्म हुने फुटसल च्याम्पियनसिपका लागि छानिनेछन्।

यस्तै आसियन क्षेत्र अन्तर्गत रहेको ४ स्थानका लागि भिएतनाममा यसै वर्ष हुने आसियन फुटबल च्याम्पियनसिपका शीर्ष चार राष्६रहरु अन्तिम चरणमा छनोट हुनेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell