PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

फिल्म 'हामी शरणार्थी' युनिटले गर्‍यो रिलिज मिति तय



पहिलोपोस्ट

फिल्म 'हामी शरणार्थी' युनिटले गर्‍यो रिलिज मिति तय

काठमाडौं : फिल्म‘हामी शरणार्थी’ आगामी भदौ आठमा रिलिज हुने भएको छ।

यसअघि अप्रिल १ मा अमेरिकामा प्रिमियर भइसकेको फिल्मले नेपाल रिलिज भदौ ८ गते गर्ने भएको हो।

भुटानी शरणार्थीको जीवनकथामा आधारित फिल्ममा शिल्पा पोखरेल मुख्य अभिनेत्रीको रुपमा देखिएकी छिन्। जहाँ उनी दुई सन्तानकी आमा र एक बोल्ड पात्रको रुपमा देखिएकी निर्देशक विजय लिम्बु केरुङले जानकारी दिए।

फिल्ममा शिल्पासँगै जीवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको अभिनय रहेको छ।

फिल्म युनिटले तीजको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको जानकारी दिएो छ। केरुङ फिल्मस्को प्रस्तुती रहेको फिल्ममा भुटानी शरणार्थीले पाएको दुःखको कथा समेटिएको केरुङको दाबी छ।

फिल्ममा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायांकन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell