PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

किन छन् भोजपुरी सुपरस्टार दिनेशलाल यादव नेपालमा?



राधेश्याम पटेल

किन छन् भोजपुरी सुपरस्टार दिनेशलाल यादव नेपालमा?

वीरगञ्ज: भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआ हाल नेपालमा छन्। भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन’को छायांकनको लागि उनी दुई साता नेपालमा बस्दैछन्। पश्चिम नेपालको पोखरा, कागबेनी, बागलुङ लगायत स्थानमा छायांकन सक्काएर हाल फिल्म निर्माण युनिट बाराको सिमरा पुगेको छ।

वीरगञ्जका अभिनेता परदेशी साहले दिनेशलाल यादब सहित फिल्म युनिट बारे जानकारी दिएका हुन्। उनले दिएको जानकारी अनुसार फिल्म युनिट सिमराको इच्छा होटलमा बसिरहेको छ। फिल्मलाई नेपाली द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्दैछन्। फिल्मको नेपाल र लन्डनमा छायांकन हुने बताइएको छ। पन्तसहितको युनिटको गीत तथा कथाको केही दृश्य सुट गर्न करिब १२ दिनको लागि युनिट नेपालमा रहने पन्तले बताए।

भोजपुरी फिल्म इन्डस्ट्रीका सुपरस्टार निरहुआसंग भोजपुर फिल्मकी लोकप्रिय अभिनेत्री अम्रपाली दुबे, हास्य कलाकार मनोज टाइगर लगायत अन्य कलाकार पनि नेपाल आएका छन्। भारत, उत्तर प्रदेशका निरहुआ पछिल्लो पटक रक्सौलका बासिन्दा तथा भोजपुरीका निर्माता रामाकान्त प्रसादको फिल्म 'लागल रह ए राजा जी'को सुटिङ्को क्रममा नेपाल आएका थिए। करिब ५ वर्षपहिले वीरगञ्ज आसपासमा उक्त फिल्मको सुटिङ भएको थियो।

निरहुआको डेब्यु फिल्म निरहुआ रिक्सावाला हो। त्यसपछि उनी निरहुआ हिन्दुस्तानी, पटना से पाकिस्तान तक, परिवार, दिवाना, राजाबाबु, खेलाडी नं १ लगायत ५ दर्जन भोजपुरी फिल्ममा मुख्य पात्रको रुपमा देखिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell