PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिएपछि काममा समस्या, आयोजनाले राख्यो पुसको भाका



रासस

मेलम्चीको सुरुङमा कमजोर चट्टान र पानी भेटिएपछि काममा समस्या, आयोजनाले राख्यो पुसको भाका

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ। 

सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले जानकारी दिए। 

‘सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो’ उनले भने। 

हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ। २७ दशमलव पाँच किलोमिटर सुरुङमध्ये अहिलेसम्म २५ किलोमिटरको काम सकिएको तर दुई दशमलव पाँच किलोमिटर सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ। 

सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ। पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell