
बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार विहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
रेशदेखि बागलुङ सदरमुकाम आइरहेको ध१ज १८८ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा काठेखोला गाउँपालिका–७ का २५ वर्षीय लालबहादुर थापा र आठ वर्षीय दीपक कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कार्कीको घटनास्थलमै र थापाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको हो।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरुको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ।रासस