PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

 पहिरोमा परी भारतमा तीन नेपालीको मृत्यु, दुई जना घाइते



रासस

 पहिरोमा परी भारतमा तीन नेपालीको मृत्यु, दुई जना घाइते

दार्चुला : पहिरोमा पुरिएर भारतमा आज तीनजना नेपालीको मृत्यु भएको छ। 

भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो। घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन्। 

पहिरोमा पुरिएर दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए। घटनामा परी तीन भारतीय नागरिककोसमेत मृत्यु भएको छ। 

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ। भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell