PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प



रासस

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प
फोटो श्रोतःindependent.co.uk

हङकङ : फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले फिलिपिन्सको पस्ट्रानाबाट ६ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाएको छ। 

भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन। उद्वारकार्य जारी रहेको र क्षतिको विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ। 

विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ। यो पछिल्लो भूकम्प पनि शक्तिशाली रहेको बताइएको छ। 

भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell