PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

इन्डोनेसियामा विमान दुर्घटना, पाँचको मृत्यु



रासस

इन्डोनेसियामा विमान दुर्घटना, पाँचको मृत्यु
फोटो श्रोतःskynews.com.au

जाकार्ता : इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। 

यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्युभएको थियो। 

इन्डोनेसियाको वामेना सहरबाट बुधबार मध्याह्न उडेको विमान त्यसको आठ मिनेटपछि टावरसँग सम्बन्ध विच्छेद भएको थियो। 

यो विमान वामेनाबाट छिमेकी प्रान्त नदुगाका लागि उडेको थियो। वामेना विमानस्थलबाट १४ किलोमिटर टाढा रहेको पहाडी इलाकामा खसेको विमानका भग्नावशेष राति फेला परेका थिए। 

विमानमा तीन यात्रु र चालकदलका दुई जना सदस्य रहेका थिए। विमान चालक एक डच नागरिक थिए भने अरु इन्डोनेसियाली नागरिक थिए। उद्वारकर्ताहरुले पाँच जनाको शव फेला पारेको बताइएको छ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell