
बाङ्गुई : मध्यअफ्रिकी गणतन्त्रको बामबरी सहरमा भएको ट्रक दुर्घटनामा परी ७८ जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले जानकारी गराएका छन् । घटनामा ७५ जना घाइते भएका छन्।
मृतकमध्ये अधिकांश व्यक्ति ग्रामिण सडकको बाटो हुँदै मालौम भन्ने ठाउमा साप्ताहिक बजारमा व्यवसाय गर्न हिडेका स्थानीय रहेका क्वेका नामक एक स्थानीय मुश्लिम युवा सङ्गठनका सदस्य ओमार तिजजानीले जानकारी दिए। घटनामा ७५ जना घाइते समेत भएका उनले बताए।
स्थानीय अस्पतालमा कार्यरत चिकित्सकले ५९ जनाको मृतशरीर शवगृहमा रहेको र १८ जनाको मृत शरीर उनीहरूका आफन्तलाई बुझाइसकिएको पुष्टि गरेका छन्।
यसैवीच मध्य अफ्रिकाको राष्ट्रपतिको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै कमजोर सडक संरचनालाई ख्याल गरी गाडीको क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरेको छ।
घटनामा घाइते भएका यात्रुको अन्तर्राष्ट्रिय रेडक्रस समाजका स्वयम्सेवकद्वारा प्राथमिक उपचारपछि अस्पताल पुर्याउने काममा सघाइरहेका बताइएको छ। रासस/एपी