
ताक्लोबान : फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन्।
सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु लेयट प्रान्तमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।
सर्बेक्षण संस्थाले ६.५ म्याग्नीच्युडको भूकम्प ६.५ किलोमिटर गईराईबाट आएको जनाएको छ।
फिलिपिन्सका भूकम्पविज्ञहरुले लेयटको कानाङगा भन्ने ठाँउ देखि दुई किलोमिटर टाढा सम्म निकै धेरै कम्पनको महसुस गरिएको बताएका छन् ।
पृथ्वीको सतह धेरै कमजोर हुदै गएकाले यस्ताप्रकारका भूकम्प आउने गरेको उनीहरुको भनाई छ।
भूकम्पका कारण कानाङगामा रहेको एउटा घर भत्किंदा एक जनाको मृत्यु भएको र अरु कम्तीमा दश जना घाइते भएको लेयटे प्रान्तका गभर्नर लेओपोल्डो डोमिनीको पेटिल्लाले जानकारी दिए।
भत्किएको घरबाट एक जनालाई जिवितै तर घाइते अवस्थामा उद्धार गरिएको उनले बताए।
“मलाई लाग्छ घरले पुरिएकाहरुलाई बाहिर निकाल्न उद्धारकर्ताहरुले रातभरी मेहेनत गर्ने छन् र त्यो काम गर्न उनीहरु सफल हुनेछन्,” उनले भने।
कानाङगाका उपप्रमुख एल्मेर कोडिल्लाले भत्किएको घरको तल्लो तलामा व्युटि पार्लर र माथिल्लो तलामा गेष्ट हाउस रहेको जानकारी दिए।
घरमा बस्ने, कार्यालयका कर्मचारी र विद्यार्थीहरु गरी हजारौ व्यक्तिहरु घरबाट भागेर बाँच्न सफल भएका छन्।
कानाङगा देखि झण्डै ३० किलोमिटर टाढा रहेको अर्को शहर ओर्मोकका प्रमुख रिचार्ड गोमेजले पहिरोका कारण एक युवतीको मृत्यु भएको बताए। त्यस क्षेत्रमा अन्य एक सय जना घाइते भएका छन्।
फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प शक्तिशाली भएपनि भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ। रासस/सिन्ह्वा