PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उजुरी छानबिन सुरु



पहिलोपोस्ट

सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उजुरी छानबिन सुरु

दाङ: सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन सुरु गरेको छ। आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरिएको बताए।

प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा प्राप्त एक हजार पाँचवटा प्राप्त गरेको उनले बताए। घोराहीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।

अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताए। आठवटा फरक फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरु भएको अधिकृत केसीले बताए। कार्यालय स्थापना भएको अहिले एक महिना मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत सुरु गरेको उनके भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell