PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु



पहिलोपोस्ट

चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु

गोन्जाउ: चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ।

द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन्। दुर्घटना भएका बेला बसमा ४४ जना यात्रु रहेका थिए।

हुइझाउ शहर अन्तर्गतको लङमेनमा पर्ने दु्रतमार्गमा दिउसो एक बजेतिर दुर्घटना भएको हुईझाउका सरकारी अधिकारीहरुले जनाएका छन्।

घाइतेहरुको सवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। द्रुत मार्गलाई भने ट्राफिक प्रहरीले पुन संचालनमा ल्याएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell