PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

उदयपुरको त्रियुगा र बेलका नगरपालिका दुबैमा एमाले विजयी



पहिलोपोस्ट

उदयपुरको त्रियुगा र बेलका नगरपालिका दुबैमा एमाले विजयी

उदयपुर: उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। त्रियुगाको मेयरमा एमालेका बलदेव चौधरी विजयी भएका छन्। चौधरीले ११ हजार ३६८ मत पाएका छन्।

यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार देवी चौधरी विजयी भएकी छन्। देवीले ११ हजार ३२२ मत पाइन्। 

यस्तै बेलका नगरपालिकाको मेयरमा पनि एमालेकै दुर्गाकुमार थापा विजयी भएका छन्। थापाले पाँच हजार ८१८ मत पाएका छन्। उपप्रमुखमा एमालेकै राजकुमारी चौधरी ६ हजार १३४ मतसहित विजयी भएकी छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell