PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

तेक्वान्दोकी सन्ध्या र निरितालाई कोरियामा पदक



पहिलोपोस्ट

तेक्वान्दोकी सन्ध्या र निरितालाई कोरियामा पदक

काठमाडौं : दक्षिण कोरियामा भएको छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक हात जितेकी छिन्। अर्की खेलाडी निरिता याकथुम्बाले भने कास्य पदकमै चित्त बुझाइन्।

कोरियाको छुनछुनमा भएको तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत महिलाको फाइटतर्फ ५७ केजी तौल समुहमा सन्ध्याले स्वर्ण र ६२ केजीतौलसमुहमा निरिताले कास्य पदक जितीन्। सन्ध्याले फाइनलमा रसियाका खेलाडीलाई ३०–८ स्कोरले हराउँदै स्वर्ण हात पारेको टिम ब्यवस्थाप दिपक विष्टले बताए। त्यसअघि सन्ध्याले कजाकिस्तानकी खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्।

त्यस्तै महिला जुनियर फाइटको ६२ केजी तौलसमुहको सेमीफाइनलमा निरिता कजाकिस्तानकी खेलाडीसँग १२–१० ले पराजित भइन्। छुनछुन ओपनमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेपनि अन्य तीन खेलाडी पदक विहिन भए।

उक्त च्याम्पियनसिपको फाइटतर्फ ७३ केजीमा सुमित्रा केसी तथा पुम्सेतर्फ प्रतिस्पर्धा गरेका नेपालका रेजीन रिमाल र निता गुरुङले पनि पदक हात पार्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell