PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

कोहलीको कीर्तिमानी शतक, भारतलाई वान डे सिरिज



पहिलोपोस्ट

कोहलीको कीर्तिमानी शतक, भारतलाई वान डे सिरिज

कप्तान विराट कोहलीको शतक मद्दतमा पाँचौ तथा अन्तिम वान डे ८ विकेटले जित्दै भारतले वेष्ट इन्डिज विरुद्धको सिरिज ३-१ ले जितेको छ।

जमैकाको किङ्गस्टनस्थित सविना पार्कमा कोहलीले नटआउट १११ रन बनाएपछि भारतले २ सय ६ रनको लक्ष्य ३६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

त्यसअघि फास्ट बलरद्वय मोहम्मद शामीले ४ तथा उमेश यादवले ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले २ सय ५ रन मात्र बनाउन सक्यो। क्यारेवियन टोलीका लागि साइ होपले सर्वाधिक ५१ तथा केल होपले ४६ रन बनाए। कप्तान ज्यसन होल्डरले ३६ तथा रोभमन पावेलले ३१ रन बनाए।

भारतबाट दश ओभर बलिङ गरेका शामीले ४८ रन खर्चदै ४ विकेट झारे। यादवले दश ओभरमा १ मेडन राख्दै ५३ रन लिएर ३ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याउने क्रममा विराट कोहलीले १८औं शतक प्रहार गरेपछि भारतले सहज जित हात पार्‍यो।

लक्ष्य पछ्याउने क्रममा कोहलीले सर्वाधिक शतब बनाउनेमा मास्टल ब्लास्टर सचिन तेन्दुलकरलाई पछि पारे।तेन्दुलकरले लक्ष्य पछ्यउ १७ शतक प्रहार गरेका थिए।

पहिलो ओभरको अन्तिम बलमा ओपनर शिखर धवनलाई ४ रनमा गुमाएपछि क्रिज पुगेका कप्तान कोहलीले दोस्रो विकेटका लागि अजिन्का रहानेसँग ७९ रनको साझेदारी गरे। रहाने ३९ रन बनाएर आउट भए।

कोहलीले तेस्रो विकेटका लागि दिनेश कात्तिकसँग नटआउट १ सय २२ रनको साझेदारी गर्दै भारतलाई जिताए। १ सय १५ बल खेलेका कोहलीले १२ चौका र २ छक्का प्रहार गरे। ५२ बल खेलेका दिनेश ५० रनमा नटआउट रहे।

करियरमा २९औं वान डे शतक प्रहार गरेका कोहली म्यान अफ दी म्याच तथा अजिन्का रहाने म्यान अफ दी सिरिज घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell