PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

पोखरामा एक पुरुष मृतावस्थामा फेला, रूखले च्यापिएर तनहुँमा महिलाको मृत्यु



पहिलोपोस्ट

पोखरामा एक पुरुष मृतावस्थामा फेला, रूखले च्यापिएर तनहुँमा महिलाको मृत्यु

पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन्।

सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन/चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो। शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell