PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चिकित्साशास्त्र विद्यार्थी भर्ना प्रकरणः  मेरिटका आधारमा सात दिनभित्र भर्ना गर्न निर्देशन



पहिलोपोस्ट

चिकित्साशास्त्र विद्यार्थी भर्ना प्रकरणः  मेरिटका आधारमा सात दिनभित्र भर्ना गर्न निर्देशन

काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्साशास्त्र तर्फ चालु शैक्षिक शत्रमा योग्यता क्रमअनुसार सात दिनभित्र विद्यार्थी भर्ना लिन सम्वन्धित निकायलाई निर्देशन दिएको छ। 

बिहीबार मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश अनुसार योग्यता क्रमअनुसार सात दिनभित्र भर्ना लिन निर्देशन दिएको हो। 

बैठकले २०७२ असोज १, २०७२ मङ्सिर १५ र २०७३ जेठ २१ को सर्वोच्च अदालतको आदेशअनुसार यस्तो निर्देशन दिएको हो।
योग्यता क्रम अनुसार विद्यार्थी भर्ना नगर्ने शैक्षिक संस्थाहरूलाई प्रचलित कानुनबमोजिम सम्बन्धन खारेजीको कारबाही गरिने चेतावनी पनि दिइएको छ। 

त्यस्तै गैरमेरिट लिस्टबाट भर्ना भएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयमा रजिष्ट्रेसन नगर्न त्रिभुवन विश्वविद्यालय डिन कार्यालयबाट पत्र लेखिएको विषयमा पनि तीन दिनभित्र जानकारी गराउन निर्देशन मन्त्रिपरिषद् कार्यालयले दिएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell