PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

जनमतसङ्ग्रहपछि बेलायतमा प्रत्यक्ष विदेशी लगानी बढ्यो



रासस

जनमतसङ्ग्रहपछि बेलायतमा प्रत्यक्ष विदेशी लगानी बढ्यो

लण्डन : बेलायतको अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६/०१७ मा ऐतिहासिक आकर्षण गरेको छ। 

यस अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो। तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए।

यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ। 

प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागि यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागले जनाएको छ। 

बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले भने,‘बेलायतले जनमतसङ्ग्रहमार्फत ब्रेक्जितका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ।’ 

लगानीकर्ता मुलुकमध्ये संयुक्त राज्य अमेरिका सवैभन्दा अग्रणीस्थानमा देखिएको र यसले जम्मा ५७७ आयोजनामा लगानी गरेको विभागको भनाई छ।

चीन र चीनको विशेष प्रशासित क्षेत्र हङकङले पनि बाँकी १६० आयोजनामा अन्य मुलुकको तुलनामा उल्लेख्य लगानी गरेका बताइएको छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell