PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

फ्राइडे रिलिज: दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'धनपती' बिहिबार गरेको प्रिमियर शोपछि शुक्रबार नेपालभर सार्वजनिक भयो। दीपेन्द्र के खनाल निर्देशित फिल्मले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा शो पाएको छ। त्यस्तै अर्को फिल्म हो 'मन्दिरा'। मन्दिराले भने सिंगल स्क्रिनमा मात्र शो पाएको छ।

राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बस्छ। गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्छ। छोरीलाई बोर्डिङ स्कुल पढाउन चाहन्छ। उ इमानदार छ। पिछडिएको यस्तै सानो मान्छेको सानो कथा फिल्मले बोल्छ।

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको ‘धनपति’मा कलाकारहरु खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे आदिको भूमिका रहेको छ।

दिनेश सापकोटा निर्देशित फिल्म मन्दिरा एउटै घरभित्रको दृश्यलाई सेट बनाएर खिचिएको फिल्म हो। फिल्ममा नरेन खड्का, लक्ष्मी बस्नेत, राजन सुबेदी, राजन ढ्ङ्गाना, सम्झना श्रीपाली, बीनिता ओली र बीनी पोखरेलीको मुख्य अभिनय रहेको छ।

यो साता बलिउडतर्फ 'गेस्ट इन लन्डन' सार्वजनिक भयो। हिन्दी कमेडी जानराको फिल्मललाई आश्विनी धिरले निर्देशन गरेका हुन्। फिल्ममा परेश रावल, कार्तिक आर्यन, तान्वि आज्मी र क्रिती खरबन्दको मुख्य अभिनय रहेको छ। राम्रो दर्शक फ्लो नपाएपनि फिल्म ट्युबलाइटले पनि शो पाइरहेको छ।

हलिउडतर्फ भने 'स्पाइडरम्यान होम कमिङ' नेपाल प्रदर्शनमा उत्रिएका छ। जोन वाट्स निर्देशित फिल्मलाई जोनाथन गोल्डस्टेन, जोन फ्रान्सिस डालेले लेखेका हुन्। फिल्ममा टम हल्यान्ड, माइकल किटोन र रोबर्ट डोनेको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell