PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रधानमन्त्रीद्वारा सप्तरीका बाढीग्रस्त क्षेत्रको निरीक्षण



रासस

प्रधानमन्त्रीद्वारा सप्तरीका बाढीग्रस्त क्षेत्रको निरीक्षण
फोटो : बैद्यनाथ यादवको फेसबुकबाट

राजविराज : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन्। 

त्यसक्रममा प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाटसमेत गरेका छन्।

सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा प्रधानमन्त्रीले जानकारी लिएका थिए। 

एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो। 

प्रधानमन्त्री देउवासँगै उपप्रधान तथा गृहमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell