PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

औंलोको जोखिम न्यूनीकरण गर्न कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण



रासस

औंलोको जोखिम न्यूनीकरण गर्न कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण

कञ्चनपुर : कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ। 

औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फण्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो।

कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको जानकारी दिए।

कञ्चनपुरमा वर्षेनी औलोका बिरामीको सङ्ख्या ९०० को हाराहारीमा रहने गरेको छ। 

औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट 

औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ। औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताए। 

गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell