PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

फिल्म 'दुई रुपैयाँको' दोस्रो गीत, भिडियोमा निश्चल र आशिफसँग मिस तामाङ



पहिलोपोस्ट

फिल्म 'दुई रुपैयाँको' दोस्रो गीत, भिडियोमा निश्चल र आशिफसँग मिस तामाङ

काठमाडौं: आइटम गीत वा लोक भाकाको गीतलाई फिल्म प्रचारको अस्त्र बनाउने ट्रेन्ड बढ्दो छ। कुनै फिल्ममा लोक भाका वा बार गीत अनिवार्य राख्ने चलनबिच फिल्म 'दुई रुपैयाँ'ले दुबै प्रकारका गीतलाई ठाउँ दिएको छ। यसअघि लोक भाका, संगीतको प्रयोग भएको गीत 'कुटुमा कुटु सुपारी दाना' सफल भयो। यसैबिच फिल्म युनिटले नयाँ क्लब गीत 'टल्क्यो जवानी' सार्वजनिक गरेको छ।

गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र निश्चयल बस्नेितका साथमा मिस तामाङ २०१२ सुमी मोक्तानको फिचरिङ रहेको छ। गीतमा पनि कलाकारहरू आशिफ शाह र निश्चल बस्नेितको स्वर रहेको छ। गायिका मीना निरौलाले पनि गाएकी छिन्।

सङ्गीतकार रोशन थापाको संगीत रहेको गीतमा एकतारे र सुरज शाही ठकुरीको शब्द रहेको छ। गीतको संयोजन राजन ईशानले गरेका हुन्। त्यस्तै सम्पादन लोकेश बज्राचार्यको रहेको छ। भिडियोलाई भने छाँयाकार हरि हुमागाईँले खिचेका हुन्। असिम शाह निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्।

हेर्नुस् गीत:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell