PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

'स्पाइडरम्यान होम कमिङ'को प्रिमियरमा मनीषादेखि नम्रतासम्म, हेर्नुस् फोटो



पहिलोपोस्ट

'स्पाइडरम्यान होम कमिङ'को प्रिमियरमा मनीषादेखि नम्रतासम्म, हेर्नुस् फोटो

काठमाडौं: बहुप्रतिक्षित हलिउड फिल्म स्पाइडरम्यान: होम कमिङको नेपाल रेडकार्पेट प्रिमियर विहिबार सम्पन्न भएको छ। नेपालका लागि फिल्मको आधिकारिक वितरक एप्पल इन्टरटेनमेन्टले प्रिमियर आयोजना गरेको हो।

लबिम मल क्यूएफएक्समा आयोजित प्रिमियरमा नेपाली कलाकारहरुको उपस्थिती रहेको थियो। नीर शाह, मनिषा कोइराला, नम्रता श्रेष्ठ, निशा अधिकारी, सुशिल श्रेष्ठ, परमिता राणा, मीनबहादुर भाम, सिपोरा गुरुङ, शरद भेषवाकर, कर्म, सौरभ ज्योति, सुरज बैद्य लगायत उपस्थित रहे।

शोअघि आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री मनिषा कोइरालाले आफू नेपाली फिल्म निर्माणमा जुटेको जानकारी दिइन्। हलिउडका सुपरहिरो फिल्मको आफू सानैदेखि क्रेजी रहेको मनिषाले बतमइन्।



नव विवाहित जोडी निशा अधिकारी र शरद भेषवाकर कार्यक्रमको केन्द्रमा रहे।



नम्रता श्रेष्ठ पनि प्रेमी दावा स्टेभन शेर्पासँगै आएकी थिइन्।



क्यूएफएक्स प्रमुख नकिम उद्दिनले स्वदेशीसँगै विदेशी फिल्म बजारको प्रवद्र्धनको पक्षमा रहेको बताए। उनले क्यूएफएक्स बजार र फिल्मको गुणस्तर दुबै सुधारमा सक्रिय हुने उदेश्य रहेको समेत प्रस्ट पारे। लामो समयदेखि हलिउड सिनेमाको वितरणमा सक्रिय एप्पल इन्टरटेनमेन्टले यसअघि लोगन र बोस बेबी प्रिमियर सम्पन्न गरेको छ।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell