PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

जी२० को सम्मेलन ह्याम्बर्गमा सुरु हुँदै, सम्मेलनस्थल बाहिर भएको झडपमा दर्जनौं घाइते



रासस

जी२० को सम्मेलन ह्याम्बर्गमा सुरु हुँदै, सम्मेलनस्थल बाहिर भएको झडपमा दर्जनौं घाइते
फोटो श्रोतःctvnews.ca

ह्याम्बर्ग : जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ। 

सम्मेलन आजदेखि सुरु हुँदैछ । संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन्। उनीहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल गर्नेछन्। 

विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डका बारेमा सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ। यसैबीच, ह्याम्बर्ग सहरमा भएको विरोध प्रदर्शनका क्रममा कैयौँ नागरिक घाइते भएका छन्। 

जि२० सम्मेलनको एजेण्डका विषयलाई लिएर यहाँ प्रदर्शन र झडप भएको बताइएको छ। झडपमा परी दर्जनौँ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ। 

त्यस क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन्। ह्याम्बर्गको प्रहरीले ट्वीटरमार्फत दिएको जानकारीअनुसार सो स्थानमा १२ हजार विरोध प्रदर्शनमा सहभागी भएका थिए। 

बिहीबार साँझ झडप भएपछि शान्ति सुरक्षाको कडा व्यवस्था गरिएको छ। प्रहरीको सङ्ख्या बढाउनुको साथै यहाँ जम्मा हुन लागेका नेताहरुको सुरक्षाको विशेष व्यवस्था मिलाइएको जनाइएको छ। 

सुरुमा शान्तिपुर्ण रुपमा जम्मा भएका प्रदर्शनकारीहरु पछि आक्रोसित बन्दा प्रहरीसँग झडप भएको हो। प्रहरीका अनुसार प्रदर्शनकारीहरुले हातमा ईटा र ढुङ्गा बोकी जुलुसमा सहभागी र सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले परिस्थिति तनावपूर्ण भएको बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell