PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

डिसिने अवार्ड सम्पन्न, प्रियङ्काको पोल्टोमा वर्षको दोस्रो अवार्ड



पहिलोपोस्ट

डिसिने अवार्ड सम्पन्न, प्रियङ्काको पोल्टोमा वर्षको दोस्रो अवार्ड

काठमाडौं: विहिबार नवौं डिसिने अवार्ड सम्पन्न भएको छ। हेटौंडामा आयोजित कार्यक्रममा प्रियङ्का कार्की उत्कृष्ट अभिनेत्री र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। विपिनले फिल्म जात्रा र प्रियङ्काले फिल्म 'छक्कापञ्जा'का तर्फबाट उत्कृष्ट घोषित भएका हुन्। प्रियङ्का कार्कीले यसअघि सम्पन्न एनएफडिसी अवार्डमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड जीतेकी थिइन्। यो वर्षका लागि डिसिने अवार्ड उनको दोस्रो अवार्ड हो।

फिल्म छक्कापञ्जाले उत्कृष्ट फिल्मसहित ११ विधामा अवार्ड हात पारेको छ। छायाँछबि क्रियशनको आयोजना रहेको अवार्डमा ब्लकबस्टर फिल्म 'छक्कापञ्जा'ले शिर्ष २९ विधामा उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार र उत्कृष्ट संवाद, उत्कृष्ट सम्पादन र उत्कृष्ट छायांकार अवार्ड जीतेको हो।



पूर्व घोषित पुरस्कारहरु 'छायाँछबि लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४' बरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई, 'छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार' पत्रकार लक्ष्मण सुवेदीलाई, छायाँछबि रजत सम्मान–२०७३' पुरुषतर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई प्रदान गरिएको हो। त्यस्तै फिल्म 'तीन घुम्ती'ले जुरी अवार्ड प्राप्त गर्योह। 'जात्रा'बाट निर्देशक प्रदीप भट्टराई, 'झुम्की'बाट मनोज आरसी र 'पुरानो डुंगा'बाट नायिका मेनुका प्रधानले क्रिटिक्स अवार्ड पाए। कार्यक्रममा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पब्लिक च्वाइस अवार्ड र निर्देशक मिलन चाम्सलाई प्रोत्साहन पुरस्कार दिइयो।

यस्तो छ विजेताहरुको सूची:

उत्कृष्ट फिल्म: छक्कापञ्जा

उत्कृष्ट निर्देशक: हेमराज बिसी (गाजलु)

उत्कृष्ट अभिनेत्री: प्रियङ्का कार्की (छक्कापञ्जा)

उत्कृष्ट अभिनेता: विपिन कार्की (जात्रा)

उत्कृष्ट चरित्र अभिनेत्री: गौरी मल्ल (के म तिम्रो हैन र?)

उत्कृष्ट चरित्र अभिनेता: शिशिर राणा (बीर बिक्रम)

उत्कृष्ट सह-अभिनेत्री: सुस्मिता केसी (म त तिम्रै हुँ)

उत्कृष्ट सह-अभिनेता: सुशान्त कार्की (तीन घुम्ती)

उत्कृष्ट एनिमेशन: द फेमश

उत्कृष्ट ध्वनि मिश्रण: मनोजराज भण्डारी ( जात्रा)

उत्कृष्ट पाश्र्व संगीत: शैलेश श्रेष्ठ (गाजलु)

उत्कृष्ट केमियो: निश्चल बस्नेत (लप्पन छप्पन)

उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी (निर्भय)

उत्कृष्ट बाल-कलाकार: साइब्रत आचार्य (छायाँ)

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे (छक्कापञ्जा)

उत्कृष्ट खलपात्र: दीपकराज गिरी (छक्कापञ्जा)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज (छक्कापञ्जा)

उत्कृष्ट गीतकार: आकाश अधिकारी (के म तिम्रो होईन र)

उत्कृष्ट गायिका: मिना निरौला (लुट २)

उत्कृष्ट गायक: कृष्ण काफ्ले (छक्कापञ्जा)

उत्कृष्ट संगीतकार: दीपक शर्मा (छक्कापञ्जा)

उत्कृष्ट संवाद: दीपकराज गिरी (छक्कापञ्जा)

उत्कृष्ट पटकथा: हेमराज बिसी (गाजलु)

उत्कृष्ट कथा: रामबाबु गुरुङ (पुरानो डुंगा)

उत्कृष्ट नव- अभिनेत्री: श्रृष्टी श्रेष्ठ (गाजल)

उत्कृष्ट नव-अभिनेता: आर्यन अधिकारी (के म तिम्रो हैन र?)

उत्कृष्ट नव-निर्देशक: दीपाश्री निरौला (छक्कापञ्जा)

उत्कृष्ट सम्पादक: बिपिन मल्ल (छक्कापञ्जा)

उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान (छक्कापञ्जा)



फोटो: आकाश अधिकारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell