PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

किसानलाई अनुदानमा हाते ट्याक्टर



रासस

किसानलाई अनुदानमा हाते ट्याक्टर

इलाम : जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्याक्टर वितरण गरेको छ। 

कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको हो। कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्याक्टर उपलब्ध गराएको हो । 

खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्याक्टरको माग पनि उच्च रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए। 

यसैबीच, विभिन्न संस्था र समूहका कृषकलाई ७५ प्रतिशत अनुदानमा ८०० किलोग्राम धानको बीउ शत्प्रतिशत अनुदानमा ४०० किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए। इलाममा १५ हजार ९१५ हेक्टरमा धान खेती हुँदै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell