
काठमाडौं : प्रधान मन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी पीडितलाई तत्काल २५ हजार राहत घोषणा गरेका छन्।
बाढी पीडित भेट्न सप्तरी पुगेका प्रधानमन्त्रीले पीडितहरुलाई अगाडि राखेर तत्कार २५ हजार रुपैयाँ राहत तथा औषधोपचार सहित खाद्यान्न राहतको घोषणा गरेका हुन्।
प्रधानमन्त्री देउवाले अन्य अत्यावस्यक सहयोगका लागि पनि सरकारले जिम्मेवारी लिने बताए।
सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितहरुलाई सरकारले २५ हजार रुपैया तत्काल रहत दिदै औषधी उपचार लगायत अत्यावश्यक सेवाको प्रवन्ध गर्नेछ pic.twitter.com/O18eXnhnEv
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 7, 2017