
काठमाडौं: गायिका सिन्धु मल्लले ५ वर्षपछि नयाँ गीत सार्वजनिक गरेकी छिन्। उनले तीज गीत युट्युबमार्फत भिडियो सहित सार्वजनिक गरेकी हुन्। मल्लको गीती भिडियोमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी फिचरिङमा देखिएका छन्।
सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलोपटक एकसाथ अभिनय गराएका हुन्। राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको गीतमा पर्व तीजको चर्चा गरिएको छ। ‘अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुइ नृत्य निर्देशन गम्भीर विष्टको रहेको छ।
गायिका मल्ल पनि आफ्नो कमब्याकपछिको पहिलो गीतले पहिले झैँ माया पाउनेमा विश्वस्त छिन्। भन्छिन्,’केहि समय मैले मेरो घर गृहस्तीलाई दिए किनकी परिवारको दायित्व पनि पुरा गर्नु पर्छ नै। अब फेरी बिस्तारै गीत संगितमै फर्कदैछु।‘
गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन्।
हेर्नुस् भिडियो: