
विराटनगर : स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ।
नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार ३ सय ५ मत, नेकपा एमालेका विनोद ढकालले १३ हजार ३ सय ६४ मत र संघीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४ सय १७ मत ल्याएका छन्।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेको ९ हजार ६ सय ७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ। रासस