PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राप्रपासँग सत्तारुढ दलको बैठकः संविधान संशोधनमा राप्रपा सकारात्मक



पहिलोपोस्ट

राप्रपासँग सत्तारुढ दलको बैठकः संविधान संशोधनमा राप्रपा सकारात्मक

काठमाडौं :संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच छलफल भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान बसेको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो।

छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए।

शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि आजको बैठक आब्हान गरिएको हो।

बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपतिशम्सेर राणा सहभागी थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell