PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जलेश्वर अस्पतालमा डिजिटल एक्सरे मेसिन



रासस

जलेश्वर अस्पतालमा डिजिटल एक्सरे मेसिन
फोटो श्रोतः.alibaba.com

महोत्तरी : महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब १३ लाख रुपैयाँमा डिजिटल एक्सरे मेसिन ल्याइएको छ। 

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब १३ लाख रुपैयाँको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको हो। 

अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस्पतालको अथक प्रयासपछि मेसिन ल्याउन सफल भएको जनस्वास्थ्य प्रमुख नागेन्द्रप्रसाद यादवले बताए। 

अब केही दिनमै मेसिन सञ्चालनमा ल्याउने प्रमुख यादवले जानकारी दिए। जिल्लाको सबै भन्दा ठूलो अस्पतालको रुपमा परिचित रहेको जलेश्वर अस्पतालमा सीमावर्ती भारतीय क्षेत्रका दिनहुँ सयौँ बिरामी उपचारका लागि आउने गर्दछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell