PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली राष्ट्रपति पुटिनबीच भेटवार्ता



रासस

अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली राष्ट्रपति पुटिनबीच भेटवार्ता
फोटो श्रोतः.france24.com

ह्यामवर्ग : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच जर्मनीको ह्यामवर्गमा भेट भएको छ । 

भेटको सुरुमा कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भेट्दा आफूलाई सम्मानित भएको अनुभुति गरेको बताए।

ट्रम्पले पुटिनसँग भने, ‘हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ।’ 

त्यसैगरी, पुटिनले भने,‘म पनि राष्ट्रपति ज्यू तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै खुसी छु। तपाइँले भन्नुभएजस्तो हाम्रो भेटघाटले ठोस नतिजा ल्याउनुपर्छ।’

दुई शक्तिशाली नेताको भेटमा उत्तर कोरिया सङ्कट, सिरियाली द्वन्द्व, युक्रेन–रसियाबीचको हतियार नियन्त्रण सम्झौता, विश्व व्यापार र विश्वतापमान बृद्धिलगायतका विषयबारे छलफल हुनसक्ने बताइएको छ । रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell