PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

रसियाली विपक्षी नेता नाभाल्नी जेलमुक्त



रासस

रसियाली विपक्षी नेता नाभाल्नी जेलमुक्त
फोटो श्रोतःwashingtonpost.com

मस्कोः रसियाका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई शुक्रबार २५ दिनपछि जेलमुक्त गरिएको छ। 

उनलाई अनाधिकृत रुपले विरोध कार्यक्रम आयोजना गरेको आरोपमा जेलमा राखिएको थियो। 

राष्ट्रपति भ्लादिमिर पुटिनको शासन र भ्रष्टाचारी सरकारी कर्मचारीहरुका विरुद्धमा गत जुन १२ मा प्रदर्शन गर्दा ४१ वर्षीय वकीललाई पनि २५ दिने जेल सजाय सुनाइएको थियो।

त्यतिबेला उनीसँगै अरु १७ सय जना प्रदर्शनकारीहरुलाई पनि नियन्त्रणमा लिइएको थियो।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell