PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बाढीले सप्तरीमा एक करोड भन्दा बढीको क्षति



रासस

बाढीले सप्तरीमा एक करोड भन्दा बढीको क्षति

सप्तरी : सप्तरीमा हालै आएको बाढीले  चन्द्रनहरको बाँध भत्किएका कारण एक करोड १५ लाख रुपैयाँ बराबरको  नोक्सान भएको छ।  

सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पुर्याएको हो। 
 
सुन्दरी खोला र महुली खोलाको बीचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले जानकारी दिए।  

डिभिजन प्रमुख मिश्रले क्षतिको स्टिमेट र क्षतिबारे विवरण तयार  भइसकेकोसमेत बताए।  लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई कार्यालयले दुई वर्षदेखि पुनर्निर्माण गरेको थियो। जसका कारण सप्तरीको सिँचाईमा सुविधा पुगेको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell