PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अलैँची खेतीका लागि ५१ लाख



रासस

अलैँची खेतीका लागि ५१ लाख

इलाम : इलामको देउमाई नगरपालिकामा ‘अलैंची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको ५१ लाख ३४ हजार तथा सहकारीको २० लाख ४९ हजार रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार परियोजनामार्फत ट्याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन, पानी तान्ने मोटरलगायत सामाग्री उपलब्ध गराइएको छ। 

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले ब्लक परियोजनाले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने बताए। परियोजनाअन्तर्गत नर्सरी स्थापना, प्लास्टिक पोखरी, कस्टम हायरिङ सेन्टर तथा तालिम केन्द्र स्थापना गरिने कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell