PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ब्राजिलियन लेजेण्ड रोनाल्डोको छोरा ब्राजिल फुटबल टिममा



पहिलोपोस्ट

ब्राजिलियन लेजेण्ड रोनाल्डोको छोरा ब्राजिल फुटबल टिममा

सन् दुई हजारको दशकमा ब्राजिलका रोनाल्डोले विश्व फुटबलमा शनसनी मच्चाएका थिए, आफ्नो गोलस्कोरिङ क्षमताका कारण। ब्राजिलका लागि विश्व कप फुटबलको उपाधि जितेका रोनाल्डोले युरोपका ठुला क्लबहरु रियल मड्रिड, बार्सिलोना र इन्टर मिलानबाट फुटबल खेले।

अब उनै रोनाल्डोका छोरा ब्राजिलियन टिमबाट फुटबल खेल्दैछन्।

रोनाल्डोको छोरो रोनाल्ड ब्राजिलको यू-१८ राष्ट्रिय टोलीमा छनोट भएका हुन्। रोनाल्ड लुइज नाजारियो डे लिमाले माकबिअ गेम्समा ब्राजिलियन टोलीबाट खेल्नेछन्।

सन् १९९९ मा रोनाल्डोले इटालियन जायन्ट इन्टर मिलानबाट खेल्दा उनका छोरा रोनाल्डको जन्म भएको थियो।

रोनाल्डोकि श्रीमती मिलेने डोमिगुएज पनि ब्राजिलियन महिला राष्ट्रिय टोलीका लागि खेलेकि थिईन्। यी जोडीले ब्राजिलका लागि कूल १ सय १८ तथा क्लब स्तरमा ७ सय ७५ क्याप जितेका छन्।

सन् २००२ को विश्व विजेता रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा फोटो पोस्ट गर्दै छोरालाई शुभकामना दिएका छन्। रोनाल्डोले २००२ को फाइनलमा जर्मनी विररुद्ध २ गोल गर्दै ब्राजिललाई  विश्वकप उपाधि दिलाएका थिए।

रोनाल्डोले ब्राजिलका लागि ९८ खेल खेल्दै ६२ गोल गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell