
काठमाडौँ : नेकपा माओवादी केन्द्रसँगआबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले बहराईनका लागि नेपाली राजदूत पदम सुन्दासलाई सम्मान गरेको छ।
दलित समुदायको उत्थान र विकासका लागि योगदान पुर्याउँदै दलित समुदायबाट पहिलो(पुरूष)राजदूत भएको भन्दै मोर्चाले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा राजदूत सुन्दासले आफ्नो कार्यकालमा नेपाल र नेपालीको पक्षमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस